चुनावी चमत्कर यस्तो छ: माओवादी बहुमततर्फ :update 3:15am
मत गणनाको पछिल्लो विवरण अनुसार नेकपा (माओवादी)ले नाटकिय रुपमा अन्य पार्टीलाई धेरै सिटको अन्तरमा पछाडी पारेको छ। अहिले सम्म कूल 218 स्थानको मत गणना भएको छ। खबरका अनुसार त्यसमा नेकपा (माओवादी) ले 119 स्थानमा जितेको छ। दोस्रो स्थानमा काङ्ग्रेस छ। उसले 33 सिट जितेको छ।
तेस्रो स्थानमा बल्ल नेकपा एमाले छ। उसले 30 सिट भन्दा बढि कटाउन सकेको छैन। देशको सबै भन्दा ठूलो पार्टी भन्दै आएको कांग्रेसको हालत त यस्तो लज्जास्पद पो रहेछ। बरु मधेशी जन अधिकार फोरमले राम्रो नतिजा ल्याएको छ। उसले अहिले सम्म 23 सिट जमाउन सफल भएको छ। नेपाल मजदूर किसान पार्टीको त भक्तपुरका दुइ सिट भन्दा दायाँबायाँ हुने कुरै भएन। उ त्यहि बचाउन सकेकोमा दंग होला। कांग्रेस छोडेर गएपछि साँच्चिकै संसारै उल्ट्याउँला झै गरेको महन्त ठाकूरको तराई मधेश लोकतान्त्रिक पार्टीको हालत पनि हरिबिजोग छ। अहिले सम्म उसले 4 सिट भन्दा बढि फुत्काउन सकेको छैन। बरु जन मोर्चा नेपाल र स्वतन्त्र 1जनाले जित्न सफल भएका छन।
Filed under: समाचार
























