‘हामीले फस्ट डिभिजन ल्याइसक्यौं, अब डिस्टिङसन ल्याउन मात्र बाँकी छ’ – माओवादी अध्यक्ष प्रचण्ड ! दसवर्षो जनयुद्घपछि हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएको माओवादीको पक्षमा जनलहर यति बढ्यो कि जनमतले नेपाली जनता परिवर्तन चाहन्छन् भन्ने देखाएको छ । अहिले आएर माओवादीबाट सरकारको नेतृत्व कसले गर्ला भन्ने विषय प्रमुखतासाथ आउने गरेको छ । शान्ति प्रक्रियापछि पार्टीई सफलताको यो शिखरमा ल्याउन पार्टी वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईको भूमिका पनि महत्त्वपूर्ण रहेको छ । माओवादीले धेरै सिट हासिल गरे पनि अन्तरिम संविधानले गरेको व्यवस्थानुसार अब पनि सहमतिको सरकार गठन हुनुपर्छ ! अपेक्षा गरेभन्दा थोरै सिट हासिल गरेपछि मुमरिएको एमालेले सातदलीय सहमतिलाई धरापमा पार्ने गरी सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । कांग्रेसले अहिलेसम्म आगामी सरकारमा सामेल नहुने भनेर आधिकारिक निर्णय गरेको छैन, जुन माओवादीका लागि सुखद पक्ष हो । अन्तर्राष्ट्रिय सम्बन्धलाई सरकारको सफलता वा असफलताको कडीको रूपमा लिइन्छ ! केही युरोपेली र स्क्यान्डेभियन मुलुकहरू शान्ति प्रक्रियामा आएदेखि नै माओवादीको र्समर्थनमा उत्रिएका देखिन्छन् । अझै पनि अमेरिकाले भने माओवादीलाई आतंककारीको सूचीबाट हटाएको छैन ।
राजनीतिमा दशकौं बिताएका नेकपा एमालेका स्थायी कमिटी सदस्य केपी शर्मा ओली संविधानसभाको निर्वाचनमा नेकपा माओवादीका युवा उम्मेदवारसँग पराजित भएका छन् । कतिपय राजनीतिक विश्लेषकहरुले ओलीको आलोचनात्मक अभिव्यक्तिका कारण एमाले पराजित भएको जनाएका छन् । ओली विशेष गरी माओवादीप्रति आलोचनात्मक रूपमा प्रस्तुत हुँदै आएका थिए । माओवादीका लागि केपी शर्मा ओलीलाई हराउनु सबैभन्दा ठूलो राजनीतिक लडाइँ भएको थियो ।
अब व्यवहारबाट आफू बदलिएको उदाहरण प्रस्तुत गरेर माओादीले आफ्नो नेतृत्वमा कांग्रेस, एमाले लगायत अन्य दलहरूलाई सामेल गर्न सक्नुपर्छ
Filed under: समाचार
























