गणतन्त्र नेपाल जिन्दावाद!

bye byepeople\'s palace

नेपालमा दुईसय चालीस वर्षदेखि शासन गरिरहेको शाहवंशीय राजतन्त्र बुधवारवाट औपचारिकरुपमा विदा भएको छ । संविधान सभाको पहिलो बैठकवाट गणतन्त्रको प्रस्ताव बहुमतका साथ पारित भए लगत्तै नेपालमा बंशको रवाफमा गरिने दादागिरिको अनत्य भएको छ ।नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य रुपान्तरण गरेको हो । गणतन्त्रमा प्रवेश गरेपछि नेपालले अब राष्ट्रपतीय प्रणाली अवलम्बन गर्नेछ जुन सार्वभौम नेपाली जनताप्रति पूर्ण उत्तरदायी हुनेछ ।

अब विश्वमा पाँच बादशाहमात्र रहनेछन्-तासका चार र बेलायतका एक भन्ने कहावतअनुसार विश्वमा राजतन्त्र ढलिरहेका पृष्ठभूमिमा नेपालमा पनि निरङ्कुश र सामन्तवादको पृष्ठपोषक राजतन्त्रको अवसान भएको छ ।

Leave a Reply