गैर आवासिय नेपाली संघ फ्रान्सको भलिबल खेल सम्पन्न

गैर आबासिय नेपाली संघ राष्ट्रिय सम्न्वय परिषद फ्रान्सको वार्षिक बिबिध कार्यक्रम अन्तर्गतको यस् बर्षको तेर्सो भलिबल प्रतियोगिता १५ र १६ मैइ २०१० का दिन पेरिसमा भब्यताको साथ सम्पन्न भयको छ। यो मेत्री पूर्ण प्रतियोगिता को आयोजना सास्कृतिक तथा खेलकुद उपसमितिका सन्योजक तथा संघका उपाध्यक्ष्य थमन टन्डन ले गर्नु भयको थियो। प्रतियोगितामा  पेरिस का थुप्रै नेपाली युबा युबतीहरु को र संघ संगठनहरुको शाहभागीता रहेको थियो। दुई दिने यस् कार्यक्रमको पहिलो दिन खेलाडिहरु लाई भलिबल दिएर कार्यबाहक राजदुत श्री जीबन प्रकाश श्रेष्ठ ले उध्घाटन गर्नु भयको थियो।

उधघाटन समारोहमा अन्तरराष्ट्रिय परिषदका सदस्य श्री हरिहर अर्याल ले आफ्नो मन्तब्य ब्यक्त गर्नु भयको थियो। राष्ट्रिय परिषद का अध्यक्ष श्री अशोक न्यौपाने ले स्वागत मन्तब्य गर्नु भयको थियो। प्रतियोगितामा नेपाल युबा फ्रान्स, नेपाली युबा पेरिस लकुर्नव्,र ललिगुरास नामक ४ टिमको बिचमा अती जोसिलो र स्तरिय खेलभएको थियो। दोश्रो दिनको निर्णयक खेलमा नेपाल युबा पेरिस टिम सँगको खेलमा ३ खेल जितेर नेपाल युबा फ्रान्स टिम्ले प्रथम स्थानप्राप्त गरी यसबर्सको यन आर यन कप तक्मा र प्रमाण पत्र लिन सफल भएको छ। जसमा खेलाडी क्याप्टेन  चित्र लाल गुरुङ र टोली नेता दुर्गा मल्ल हुनुहुन्थ्यो। पुरस्कार बितरन समारोहमा कार्यबाहक राज दुत अन्तरराष्ट्रिय सम्मन्वय परिषद सदस्य र राष्ट्रिय परिषद अध्यक्ष ले  संयुक्त रुपमा पहिला हुने टिम  नेपाल युबा फ्रान्स का खेलाडी हरु लाई कप, मेडल,र प्रमाण पत्र, दितिय हुने नेपाली युबा पेरिसका खेलाडीहरु लाई तक्मा र प्रमाण पत्र र तेश्रो हुने  लाकोर्नव टिम लाई प्रमाण पत्र प्रदान गर्नु भयो। समारोहमा कार्यबाहक राजदुत श्रेष्ठ ले खेलकुद को माध्यम बाट यन आर यन ए फ्रान्सले नेपाली जनसमुदायमा एकता र भाईचारा को सम्ब्न्ध गास्न सफल भएको चर्चा गर्दै प्रसम्सा गर्नु भयो र नेपालीको सेबा र  सहयोग र सेवामा दुताबास सधैं कटिबद्द रहेकोपनी  अबगत गराउनु भयो।  समारोहमा संघका सह-कोशाध्यक्ष भक्त भहादुर वाग्ले ले संघ को आगामी कार्यक्रमको  जानकारी दिनु भयो। २७ जुन मा सामुन्द्रिक भ्रमण र ३१ जुलाई ०१ अगस्ट्मा पेरिसमा  हुने यन आर यन ए यूरोपेली भेलामा सहभागी हुन र सहयोग गर्न का लगी उपस्थित सबैलाई अनुरोध गर्नु भयो।


कार्यक्रममा संघ का कोशाध्यक्ष  कृष्ण प्रसाद अधिकारी सदस्य घनश्याम पौडेल साथै नेपाली सस्कृतिक गृहका अध्यक्ष  हेमन्त उपाध्याय  सह-कोषाध्यक्ष्य बिजेन्द्र प्रधान आदीको उपस्थिती थियो। कार्यक्रम सन्चालन संघका महासचिब हरी प्रसाद सापकोटाले गर्नु भयको थियो। समापन समारोह को अन्त्यमा सापकोटाले पुरस्कार खर्चको उपलब्ध गराउने दण्डपार्णी अर्याल काठमान्डौ स्‍मृति केन्द्र र खाजा नास्ता सहयोग गर्ने रुपेश ढकाल र प्रमाणपत्र तथा तक्मा डिजाइन गरी छपाउन सहयोग गर्ने निर्मल अर्याल लाई र खेलकुद हल उपलब्ध गराउने लकोर्नोभ नगरपालिका लाई बिशेष धन्यवाद दिनुभयो|

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.