गैर आवासिय नेपाली संघ फ्रान्सको भलिबल खेल सम्पन्न

गैर आबासिय नेपाली संघ राष्ट्रिय सम्न्वय परिषद फ्रान्सको वार्षिक बिबिध कार्यक्रम अन्तर्गतको यस् बर्षको तेर्सो भलिबल प्रतियोगिता १५ र १६ मैइ २०१० का दिन पेरिसमा भब्यताको साथ सम्पन्न भयको छ। यो मेत्री पूर्ण प्रतियोगिता को आयोजना सास्कृतिक तथा खेलकुद उपसमितिका सन्योजक तथा संघका उपाध्यक्ष्य थमन टन्डन ले गर्नु भयको थियो। प्रतियोगितामा  पेरिस का थुप्रै नेपाली युबा युबतीहरु को र संघ संगठनहरुको शाहभागीता रहेको थियो। दुई दिने यस् कार्यक्रमको पहिलो दिन खेलाडिहरु लाई भलिबल दिएर कार्यबाहक राजदुत श्री जीबन प्रकाश श्रेष्ठ ले उध्घाटन गर्नु भयको थियो।

पढ्नेक्रम जारी राख्नुहोस्

मेरो डाएरिको एक पान्ना

prakash-1

परिभाषा कसरी दिउ म जिन्दगीको जबकी मैले एस्को अर्थनै बाँकी नरहने गरी सबै गुमएको रहेछु, भनिन्छ प्रेम, जिन्दगी, सु:ख र दु:ख को परिभाषा मानिस अनुसार फरक फरक हुन्छ, तर म सँग ति सबै को कुनै अर्थनै बाँकी रहनेछ, मलाई त फर्केर पछाडि हेर्ने समय पनि रहेनछ, फुर्सदै फुर्सद को समय हरु बिताए पनि जिन्दगी को लिग कहाँ बाट टुटेछ! कुनै कुरा भेट्टाउछु भनेर दौडिरहेको थिए तर त्यो कुनैकुरा के थियो, के हो र के होला भनेर कहिल्ले मनन भएनछ म बाट, शायद धच्च्कचाइ दिने कोही पनि भएनन अथवा शायद म रात्रीको स्वप्नमा थिए, कास त्यो स्वप्न भएको भये जिन्दगी को अगिल्लो पाइलाहरु त्यही बिन्दु बाट पुन: सुरुवत भये सच्चिनै जल भर्दै आउने थिए होला ति सुन्दर पलहरुमा जुन ओ इलएर गएका छन| जसको ओइलाइमा हरपल पोलिरहेको छ| एउटा पिपल ब्रिक्ष जब एक गमलामा हुर्किन्छ बड्छ अनी भबिस्यमा एउटा सुन्दर फुल फुलएर मिठो फल दिने स्वप्न रख्दछ तर अफ्सोच उु बड्दै त जान्छ तर त्यस्को जराले गमला बहिर फास्टआउन सक्दैन, उु निससिन्छ आत्तिन्छ वारीपरी हेर्छ, आफ्नो छिमेकी हरु देखेर छक्क पर्दछ उुदस हुन्छ र त्यही उदा सिपन एकदिन उस्को अन्सिक सफलतामा परिवर्तन हुन्छ र गमला¬ तोदेर बहिर निस्किन्छ| निस्चय नै उु आफ्नो साहारामा बच्ने धोको राखेको हुन्छ| आफ्नो जराहरु दरिला र स्वावलम्बन बन्न चाहन्छ| समयको लीला र भाविको रेखा कसले आफ्नो मुठिमा राखेको हुन्छ र? भनिन्छ घाइते बाघलाई बिरला ले पनि लखेटने गर्दछ| आखिर सपना र कलपनामा बितेका उुसको जिन्दगी एउटा अजनवी र अन्जान स्थलमा भौतरिएको हुन्छ, जसरी समुन्द्रछाल सँग तिरमा छोडिएको घाइते माछा छटपटी रहेको हुन्छ| मल जलको प्रयाप्तता र सुविधा भएपनी उुसलाई सम्पूर्णरुपले आफ्नै वास्तविकतामा जिउने बनी पेरिस केको हुन्छ| जसको जीवन लाई साक्षिप्त रुपले हेर्ने हो भने गमला भित्र हुर्किएको उुस्को बल्यकाल उुसको लागि स्वर्गमाय हुन्छ, अझ भनौ भने त्यो गमला उुसको लागि एउटा ठुलो संसारनै हुन्छ| उु त्य सै लाई आफ्नो सर्वस्व ठान्दछ र त्यही नि अपार सु:ख भेट्दछ| तर समयको प्रत्यक टिक् टिक् सँग उुसलाई त्यो संसार जेल जस्तो लाग्दछ| प्रत्यक मनिषको मानसिक वस्तविकता यही नै हो, हरेक नयाँ खुशीयाली लाई मात्र उस्ले आफ्नो जिन्दगी को एकपल बनाउछ, र त्यसलाई अझ बडी चाहन्छ| फलत: उु गमला गमला भित्रको जिन्दगी भनेर बहिर निस्किन्छ! जहाँ त्यो एक्लो हुन्छ र उुसले सम्पूर्ण गुमएको हुन्छ, सम्पन्नता को सपनामा र फेरी जीवनसंघर्स जारी गर्छ! दु:ख गर्छ अनी फेरी कही समयको लागि सु:ख पनि पाएको अनुभव गर्दछ| वा भनौ उुसको दु:ख सु:ख प्रत्यक दिन परिवर्तन हुन्छ |

प्रकाश

तिमीले कसलाई डाकेकी छौ

जवानीको सन्तापले मनमा कति पाकेकी छौ

विवशताको खाडलभित्र कति रहर जाकेकी छौ

कोठाभरी बैश थुनी बाहिर नजर लगाउनलाई

पर्दा लाउने खोल्ने गर्दा अचेल कति थोककी छौ

एक्लै बस्दा दिनभरी यो मनले छटपटिदा

दरबारमा राज गर्न तिमीले कसलाई डाकेकी छौ

आउदा जाँदा जस्को लागि सेवागर्न पाँउ भनी

आत्मारुपी मन्दिरमा भाकल कति भाकेकी छौ

तिम्रो दिलको सिंहासनमा बस्ने कति रहर थियो

अस्वीकृत गरि मलाई अन्त कस्लाई ताकेकी छौ ।

– पागल वस्ती, मलेशिया

छिमेकीलाई आफ्नो दुख: पोख्दै – [2009-06-22]

एक धोविले छिमेकीलाई आफ्नो दुख: पोख्दै भनेछ – यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको घाँस त खाँदैखाँदैन् । के गर्ने होला ?

छिमेकीले हत्त न पत्त भनेछ- धेरै सजिलो छ । मेरो भैसीले पनि सुकेको घाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको खान थाल्यो ।

दोस्रो दिन धोबीको हातखुट्टामा प्लाष्टर गरेको देखेर छिमेकीले धोविलाई सोधेछ- के भयो ?

धोविले भनेछ- के गर्ने यार गधालाई हरियो चश्मा लगाइदिदै थिएँ । गधाले दुई लात्ती हान्यो र भन्यो – मलाई भैसी सम्झिस् की क्या हो ?

परदेशी को आशा

सम्झी सम्झी बिर्सिएको छु , फर्किनु नि गार्हो भयो
छिप्पिडाइ गये घाऊ हरु खटौननै सार्हो भयो
स्वदेश कै सपनाहरु मस्तिस्क मा छौने गर्छन्
हिमाल डाफे मुनाल पहाड तिर आउनेगर्चन
आफ्नै देशका नदिनाला सुस्साएको आवाज आउछ
किन होला न्याउली चरी बिरह्कै गीत गाउछ
मर्दैन त्यो माया कहिल्लेइ सातै डारा काटेपनी
बाटो हेर्दाइ होलिन आमा छोरा कहिले आउछ भनी
अघाएन मन कहिल्लेइ आफ्नै देश को रहर ले
बिदेशिनु वाध्यता छ दुई चार पैसा कमाउन लाई
पछी फेरी स्वदेश फर्की आफ्नै थाउमा रमाउनलाई
रमैला ति डादा काडा भन्जाञ्ग् अनी बेसिहरु
आफ्नै देश को चोखो माया , किन चहियो मलाई अरु
पूर्व पश्चिम रैल्को मार्ग उत्तर दक्षिण मोटर बाटो
धेरै समय नभुलौ है , केही गरौ एस्को साटो
बिजुलिले झलमल्ल बस्ती अनी शहरहरु
केही सहयोग गरौ हामी पुरा गर्न रहर हरु
निर्धक्क भैइ बाँच्नलाई आफ्नै देश चहिदो रहिछ
जस्तो हामी कर्म गर्छौ तेस्तै फल पाइदो रहिछ

दिनेश सुबेदी फ्रान्सdinesh

नेपालीहरु बिच भलिबल प्रतियोगिता सम्पन्न

फ्रान्सको पेरिस नजिक la caurneuve शहर स्थित complex sportif मा गत may 16 र 17 तारिख फ्रान्सवासी नेपालीहरु बिच भलिबल प्रतियोगिता सम्पन्न भएको छ |vollyball एन आर एन फ्रान्स को खेलकुद सान्स्कृतिक तथा युवा उपसमितिका सयोजक थमन टन्डन, निर्मल अर्याल र हरी सापकोटा को आयोजना मा सन्चालन भएको  उत्त प्रतियोगिता मा जम्मा छ टिम बिच प्रतिस्प्रधा भएको थियो |

जसमा अन्नपूर्ण टिम, सगरमाथा टिम, नेपाली एकता समाज A, नेपाली एकता समाज B, रोयल नेपाली ग्रुप र नेपाली आर्मी फ्रान्स छन | रोचक तथा उत्साहबर्धक भएको खेलमा नेपाली एकता समाज ग्रुप A प्रथम र अन्नपूर्ण टिम (ला कोर्नभ) दोस्रो स्थान प्राप्त गरेका छन | बिजेता खेलाडिहरु लाई NRN अध्यक्ष अशोक न्यौपाने  NRN ICC सदस्य हरिहर अर्याल र कार्यबाहक राजदुत जीवन प्रकाश श्रेष्ठ  द्वरा पुरस्कार बितरण गर्नुभएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

एमाले नेतृत्वमा सरकार गठन हुने

५ बैशाख २०६६ | १

माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि एमाले नेतृत्वमा सरकार गठन हुने चर्चा चलिरहेको बेला एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । 

एमाले केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको छ । फागुनमा बुटवलमा भएको महाधिवेशनले निर्वाचित गरेको एमाले केन्द्रीय कमिटीको दोश्रो बैठक बैशाख २५ गते सुरु भएको हो । एमाले सचिव युवराज ज्ञवालीका अनुसार, केन्द्रीय कमिटीको यो बैठकले वर्तमान राजनीतिक परिस्थिति, सांगठनिक प्रतिवेदन, राजनीतिक ब्युरो अर्थात पोलिटब्यूरो गठन, स्थायी कमिटी विस्तार, केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, वार्षिक कार्ययोजनालगायत एजेण्डामा छलफल गर्नेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि एमालेको नेतृत्वमा सरकार गठन हुने चर्चा चलिरहेको बेला राजनीतिक क्षेत्रमा यो बैठकको बिशेष महत्व रहेको छ ।

हिमालखबर

कटवाल बर्खास्त

२० वैशाख विहान बसेको मन्त्रीपरिषद बैठकले प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गरेको छ । बालुवाटारस्थित प्रम निवासमा बसेको उक्त बैठकले रथी कुलबहादुर खड्कालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु प्रधान सेनापति मुर्करर गरेको छ । बैठकका निर्णय’bout जानकारी दिँदै सरकारका प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीहरुसँग भने, “यो निर्णय राष्ट्रपति कार्यालयमा पठाइएको छ ।”

army

प्रधानमन्त्रीबाट सेनापति बर्खास्तको प्रस्ताव आए लगत्तै एमाले, सद्भावना र नेकपा संयुक्तले मन्त्रिपरिषदको बैठक बहिष्कार गरेको जानकारी सरकारका प्रवक्ता कृष्णबहादुर महराले पत्रकारहरुलाई दिए ।

सञ्चारकर्मीहरुसँग बोल्दै उपप्रधानमन्त्रि तथा गृहमन्त्री बामदेव गौतमले भने “सहमतिको आधारमा नभई प्रमले एकतर्फी रुपमा निर्णञ गरेका कारण हामीले बैठक बहिष्कार गरेका हौँ ।” त्यस्तै सरकारको अर्को घटक सद्भावना पार्टी राजेन्द्र महतोले पनि निर्णय प्रक्रियामा राष्ट्रिय सहमति नभएको जनाउँदै बहिष्कार गरेको बताएका थिए । बैठक बहिष्कार गर्ने नेकपा संयुक्तका तर्फाट सरकारमा सहभागि विज्ञान तथा वातावरण मन्त्री गणेश साहले भने “यो निर्णय शान्ति प्रक्रियालाई ओझेलमा पार्ने काम भएको छ ।”

Deusi vaiilo

photos

चप्पल को स्वाद भेटे पूर्ण बहादुरले

sambidhan sabha chhap chappal

चप्पल हान्ने सभासद कमला शर्मा अर्थात  म्रितक् ॠषि शर्मा को श्रीमती, र चप्पल खाने हत्या को नाइके भनिएका पूर्ण बहादुर खडका
गणतन्त्र को फारम सगै कमला ले पुर्णे को गालामा पनि छाप लगाउन भ्यैछिन त्यो पनि हात्तीछाप!